पीएनजीविरुद्ध ओपनर कुशलको अर्धशतक

काठमाडाैं | चैत २, २०७९

पीएनजीविरुद्ध ओपनर कुशलको अर्धशतक

काठमाडौं : आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य पछ्यारहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। पहिलो ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरमा कुशल तेस्रो नम्बरमा क्रिजमा उत्रिएका कुशल मल्ललाई पनि गुमाएको थियो।

 

यद्यपि, तेस्रो विकेटका लागि भीम सार्कीसँग ६१ रनको साझेदारी गर्दै कुशलले एकदिवसीय करिअरको पाँचौं अर्धशतक बनाएका हुन्। दोस्रो ओभरमै दुई महत्त्वपूर्ण विकेट गुमाएको नेपाल कठिन अवस्थामा पुगेको थियो। त्यसपछि कप्तान रोहित पनि १६ रन बनाएर आउट भएका थिए। भीम ३० बलमा २४ रन बनाएर खेलिरहेका छन्।

 

नेपालले १६ ओभरमा तीन विकेट गुमाएर ९८ रन बनाएको छ। नेपाललाई जितका लागि ३४ ओभरमा दुई सय १३ रन आवश्यक छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गरेको थियो।

 

यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफ खानले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले।

 

त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्। 
नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै,ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए।

 

सन्दीपले १० ओभरमा ८०,सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए। आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्